दफा ११
अनुमतिपत्र दिनु पर्ने
(१) दफा १० बमोजिम परेको निवेदन उपर आवश्यक जाँचबुझ गर्दा यस ऐन बमोजिम अनुमति दिन उपयुक्त देखिएमा तोकिएको अधिकारीले देहायको अवधिभित्र आवश्यक शर्त उल्लेख गरी तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ:- (क) सानो पूँजी वा लागतको आयोजनाको हकमा निवेदन परेको मितिले तीस दिनभित्र,

(ख) ठूला पूँजी तथा लागतको आयोजनाको हकमा सामान्यतया निवेदन परेको . मितिले नब्बे दिनभित्र।

(२) यो ऐन प्रारम्भ हुनु अगावै खानेपानी तथा सरसफाइ सेवा, आयोजना वा सेवा प्रणाली निर्माण, सञ्चालन तथा व्यवस्थापन तथा खानेपानीको स्रौतको सार्वजनिक, संस्थागत, व्यावसायिक तथा औद्योगिक उपयोग गरिरहेका सङ्गठित संस्थाले यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र तोकिए बमोजिम अनुमतिपत्र लिनु-पर्नेछ।

(३) उपदफा (२) बमोजिम अनुमतिपत्र नलिएका सङ्गठित संस्थाले खानेपानी तथा सरसफाइ सेवा, आयोजना वा सेवा प्रणाली निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न वा खानेपानीको स्रोतको: सार्वजनिक, संस्थागत, व्यावसायिक तथा औद्योगिक उपयोग गर्न पाउने छैन।